
फाइल फोटो
काठमाडौं, असार ३० । नेकपा एमाले संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने र अविश्वास प्रस्तावको दृढतापूर्वक सामना गर्ने निर्णय गरेको छ ।
विहीबर राजधानीमा बसेको एमाले संसदीय दलको बैठकले अविश्वास प्रस्तावको दृढतापूर्वक सामाना गर्ने निर्णय गरेको हो ।
बैठकमा प्रधानमन्त्री ओलीले सरकार परिवर्तनको घटनाक्रमलाई आफूले नजिकबाट नियालिरहेको भन्दै पदबाट राजीनामा नदिने स्पस्ट पारेका थिए ।
व्यवस्थापिका–संसदमा मतदान हुने दिनसम्म घटनाक्रमले फरकरुप लिनसक्ने भन्दै उनले हतास नहुन सांसदहरुलाई आग्रह गरेका थिए ।
बजेट पारित नभए, आफूले उपयुक्त कदम चाल्ने भन्दै प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रले जनतालाई धोका दिएको आरोप लगाएका थिए ।
स्रोतका अनुसार प्रधानमन्त्रीले राजीनामा दिने वा अविश्वास प्रस्ताव सामना गर्ने भन्ने विषयमा एमाले नेताहरुबीच मतभेद भएको थियो ।
बामदेव गौतमलगायतका केही नेताहरु प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने पक्षमा उभिएका थिए ।
प्रतिक्रिया दिनुहोस्