
फाइल फोटो
काठमाडौं, असार ३० । नेकपा एमालेका तर्फबाट प्रधानमन्त्री बन्नका लागि आएको प्रस्तावलाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अस्वीकार गरेका छन् ।
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री बन्नका लागि राखेको प्रस्तावलाई वरिष्ठ नेता पौडेलले इन्कार गरेका हुन् ।
‘पार्टीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरिसकेको छ, म पार्टी निर्णयभन्दा बाहिर जान सक्दिनँ’–वरिष्ठ नेता पौडेलको भनाइलाई उद्धृत गर्दै उनका सहयोगी चिरञ्जीवी अधिकारीले राससलाई बताए ।
कांग्रेस केन्द्रीय समिति बैठकले कांग्रेस र माओवादी केन्द्रबीच भएको सातबुँदे सहमतिलाई अनुमोदन गर्दै दाहालको नेतृत्वमा सरकार गठन गर्नका लागि सहयोग गर्ने निर्णय गरेको थियो ।
वर्तमान प्रधानमन्त्री ओलीविरुद्ध कांग्रेस र माओवादी केन्द्रसहितका दलले बुधबार व्यवस्थापिका–संसदमा अविश्वासको प्रस्ताव दर्ता गराइसकेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्