२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


ओलीले अविश्वास प्रस्ताव सामना गर्ने बताइरहँदा कांग्रेस सांसद भटाभट विदेशतिर


0
Shares

काठमाडौं, असार ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका संसदमा दर्ता सरकारविरुद्धको अविश्वास प्रस्ताव सामना गर्ने बताइरहेका बेला नेपाली कांग्रेसका सांसद भने भटाभट विदेश भ्रमणमा निस्केका छन् ।

नेकपा माओवादी केन्द्रको प्रस्ताव र कांग्रेसको समर्थनमा बुधबार प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको भोलिपल्ट कांग्रेस सांसद विदेशतिर लागेका हुन् ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका सांसद धनराज गुरुङ, राजा थापासहितको टोली बिहीबार साँझ मकाउ र हङकङ भ्रमणमा निस्केका छन् । जनसम्पर्क समिति हङकङ र मकाउको कार्यक्रममा सहभागी हुन गएका उनीहरु साउन ४ गते स्वदेश फर्कने बताइए पनि पार्टीलाई कुनै जानकारी नगराएको स्रोतको दाबी छ ।

यतिबेला कांग्रेसका १० सांसद चीन भ्रमणमा छन् । रामचन्द्र पोखरेल, तप्त विष्ट, रेशम बानियाँ, देवानसिंह विष्ट, रश्मि ठाकुर, अनिता देवकोटा, सुरेन्द्र आचार्य, शारदा पौडेल सोमबार त्यसतर्फ लागेका हुन् । –नागरिक दैनिकबाट