
काठमाडौं, असार ३१ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीले वर्तमान राजनीतिक घटनाक्रमलाई केवल सत्ताको खेल भन्दै यो जनताको हितमा नभएको जनाएको छ ।
शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी पार्टी प्रवक्ता खडगबहादरु विश्वकर्माले सरकार गिराउन खोज्ने र बनाउन खोज्ने दुबै प्रवृत्ति देश र जनताका हितमा नभएको बताए ।
चन्द माओवादीले सर्लाहीको सागरनाथ सुकुम्बासी बस्तीमा भएको घटनाको निन्दा गर्दै विरोधका कार्यक्रम पनि सार्वजनिक गरेको छ ।
प्रतिक्रिया दिनुहोस्