२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


कांग्रेस फुटाउन एमालेको चलखेल : डा. कोइराला


0
Shares

काठमाडौं , साउन २ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले  कांग्रेस फुटाउनका लागि एमालेले कांग्रेसका नेताहरुलाई प्रधानमन्त्री बाड्दै हिडेको आरोप लगाएका छन् ।मुलुकको सत्ता राजनीति बैधानिक बाटोमा प्रवेश गरेका बेला एमालेले कांग्रेसका नेताहरुलाई गोप्यरुपमा प्रधानमन्त्रीको प्रस्ताव गर्नुको अर्थ गम्भीर भएको उनले दावी गरेका छन् । एमालेको पछिल्लो व्यावहार कांग्रेस फुटाउने चलखेल भएको उनले बताए ।

उनले नेपालका कम्युनिष्टहरु भारत विरुद्धका चर्का  नारा उरालेर राष्ट्रवादका कुरा गर्ने र  लुकिछिपि भारतकै चाकरी गर्ने गरेको आरोप लगाएका छन् । राष्ट्रियता छिमेकीलाई गाली गरेर बलियो नहुने बताउदै, कोइरालाले आफ्नो राजनीतिक व्यावहारमा परिवर्तन गर्नु पर्ने बताए ।
डा.कोइरालाले प्रधानमन्त्री केपी ओली सम्मले आफ्नो पदको ख्यालै नगरी छिमेकीको चर्को आलोचना मात्र गरेको दावी गरे ।यस्ता कुराले हल्काफुल्का चर्चा त बटुल्न सकिएला तर कुटनीतिक सम्बन्धमा ठूलो असर पर्ने उनले बताए ।

डा. कोइरालाले मुलुक गम्भीर अवस्थामा पुगेको दावी गर्दै  ०७४ माघ पहिलो साता सम्ममा संविधान कार्यान्वयन गर्न सकिएन भने मुलुक कस्तो अवस्थामा पुग्ने हो , कल्पना गर्न नसकिने बताए ।
उनले नयाँ संविधानले सुनिश्चित गरेको शासकीय स्वरुपले मुलुकलाई स्थायी सरकार दिन नसक्ने बताएका छन् । यो संविधान संशोधन नगरेसम्म मुलुकले यस्तै अस्थिर राजनीतिको सामना गर्नु पर्ने बताएका छन् । डा. कोइरालाले नेपली कांग्रेस र एमाले मिलेर सरकार बनाउनु मुलुकका लागि झन घातक हुने दावी गर्दै मुलुकका दुई ठूला दल मिलेर सरकार बनाउनु देशलाई निरङ्कुशता तर्फ लाने काम हुने बताए ।

उनले प्रधानमन्त्री ओलीले कुरा मात्र बढी गर्ने तर काम नगर्ने भएका कारण सरकारको मुख्य घटक माओवादी केन्द्रले नै सरकार ढालेको बताए । आफ्नै गठबन्धनका घटकहरुको चित्त बुझाउन नसक्ने प्रधानमन्त्रीले देशको चित्त बुझाउन नसक्ने दावी कोइरालाले गरेका छन् ।आइतबार ईमेज एफएमसंग कुरा गर्दै डा. कोइरालाले अहिलेको अवस्थामा  एमालेसंग मिलेर कांग्रेसले सरकार बनाउन सोच्न पनि नसक्ने बताएका छन् ।