Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


संघीय गठबन्धनद्धारा आन्दोलनको घोषणा, बर्तमान सरकारसँग बार्ता नगर्ने


0
Shares

काठमाडौं, साउन ३ । संघीय गठबन्धनले वर्तमान सरकारसँग वार्ता हुन नसक्ने निष्कर्ष निकालेको छ ।

संघीय समाजवादी फोरम नेपालको कार्यालय तीनकुनेमा आज बसेको गठबन्धनको बैठकले वर्तमान सरकारको अहमताका कारण वार्ता हुन नसक्ने निष्कर्ष निकालेको हो ।

बैठकमा अधिकांश नेताले सरकारले जनचाहना अनुसार काम गर्न नसकेको, मधेस विरोधी भावना राखेका कारण वार्ता हुन नसकेको बताएका थिए ।

गठबन्धनले सरकारविरुद्ध आएको अविश्वासको प्रस्तावको समर्थन गर्दै गठबन्धनलाई हेर्ने दृष्टिकोणका आधारमा नयाँ बन्ने सरकारमा सहभागि हुने÷नहुने निर्णय लिइने जनाएको छ ।

बैठकले गठबन्धनको आन्दोलनको समीक्षा गर्दै निरन्तरता दिने पनि निर्णय गरेको छ । रिले अनसन सकारात्मक भएकाले आन्दोलनका रचनात्मक नयाँ कार्यक्रम पनि सार्वजनिक गरेको छ ।

यही साउनदेखि क्षेत्रिय स्तरमा समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा बुद्धीजीविहरुसँग छलफल गर्ने निर्णय पनि बैठकले गरेको छ ।