Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


‘चक्रब्यूह रचियो, संसद विघटन गर्दिनँ’, प्रधानमन्त्रीले यसरी हँसाए ! (भिडियोसहित)


0
Shares

काठमाडौं, साउन ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन चक्रब्यूह रचिएको भन्दै ‘जस्तो सोचिएको छ त्यस्तो नहुने’ बताएका छन् ।

नेपाल इन्जिनियर्स एसोसियसनको ५४ वार्षिकोत्सवको सोमबार राजधानीमा उदघाट्न गर्दै उनले आफू संविधानको व्याख्या नभइ व्यवस्थाअनुसार चल्ने बताए ।

पद छाड्ने विषयमा नेकपा माओवादी केन्द्रसँग कुनै सहमति नभएको दाबी गर्दै उनले संसद विघटन पनि नगर्ने बताए ।

कार्यक्रममा इन्जिनियर्स एसोसियसनका अध्यक्ष ध्रुवराज थापाले पुनःनिमार्णले गति लिन नसक्दा भूकम्पपीडितहरु पालमुुनि नै बस्न बाध्य भएको बताए ।

सो अवसरमा इन्जिनियर शंकरकृष्ण मल्ललाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मान गरिएको थियो भने अरु केही इन्जिनियरहरुलाई पनि पुरस्कृत गरिएको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्