१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


राप्रपा नेपाल र राप्रपा केन्द्रीय समिति बैठक साउन ११ मा, एकताबारे निर्णय हुने


0
Shares

काठमाडौं साउन ४ । एकताको तयारीमा रहेका राप्रपा नेपाल र राप्रपाले एकता प्रकृयालाई मूर्त रुप दिनकै लागि आन्तरिक तयारी तीब्र तुल्याएका छन् ।

राप्रपा नेपालले साउन ११ मा केन्द्रीय कार्य सम्पादन समितिको बैठक आह्वान गरेको छ भने राप्रपाले सोही दिन केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

दुबै दलको आन्तरिक बैठकले पार्टी एकीकरणका विषयमा महत्वपूर्ण निर्णय गर्ने तथा एकीकरणपछि पार्टीका पदाधिकारी, नेता, कार्यकर्ता तथा भ्रातृ सङ्गठनका भूमिका लगायत विषयमा छलफल गर्ने एजेण्डा तय भएको छ ।

दुवै पार्टीले मुलुकमा हिन्दू धर्म कायम गर्ने सैद्धान्तिक समझदारी कायम गरेपछि एकीकरणको प्रक्रिया अगाडि बढेको हो । एकीकरणपछि हुने पहिलो महाधिवेशनले गणतन्त्र तथा सङ्घीयताका विषयमा गर्ने निर्णय नयाँ पार्टीले आधिकारिक रुपमा स्विकार्ने र त्यसलाई अगाडि बढाउने जनाइएको छ ।

पार्टी एकीकरणका लागि राप्रपाबाट महामन्त्री बुद्धिमान तामाङ तथा राप्रपा नेपालबाट उपाध्यक्ष राजीव पराजुलीको संयोजकत्वमा कार्यदल गठन गरी विभिन्न समयमा छलफल भइसकेको छ ।

असार अन्तिमसाता एक कार्यक्रमबीच दुबै पार्टीले आ–आफ्नो पार्टीले तयार पारेको एकीकरणको अवधारणापत्र साटासाट गरेका थिए ।