काठमाडौं, साउन ४ । नेपाली कांग्रेसले सहमतिको वातावरण तयार गर्नका लागी राजीनामा दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ ।
नेपाली कांग्रेस पार्टी मुख्यालय सानेपामा आज बसेको केन्द्रीय कार्य समितिको बैठकले सरकार अल्पमतमा परिसकेको भन्दै राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेको हो ।
बैठकमा बोल्ने अधिकांश नेताहरुले नेपाली कांग्रेसले अन्य दलहरुसंग परामर्श गर्दै सरकारसंगै संविधान कार्यान्वयनलाई पनि प्राथमिकतामा राख्न सुझाव दिएका थिए ।
नेपाली कांग्रेसका नेता महेश आचार्यले दलीय सहमतिका लागी कांग्रेस सदैव तयार रहेको भन्दै प्रधानमन्त्रीले राजीनामा नदिए बहुमतिय आधारमा सरकार गठन हुने बताए ।
बैंठकमा अधिकांश नेताहरुले सरकार गठन र समसामयिक राजनीतिक घटनाक्रमको बारेमा पार्टी सभापति शेरबहादुर देउवासँग जानकारी मागेका थिए ।
सबै राजनीतिक दललाई मिलाएर लैजाने र दलहरुको बिचमा तिक्तता आउन नदिने परिस्थिति सृजना हुन नदिने बिषयमा पनि बैंठकमा छलफल भएको थियो ।
नेपाली काग्रेसकी नेतृ सुजाता कोइरालाले भने काग्रेसले सरकार परिवर्तन ठोस आधार तयार गर्नुपर्नेमा धारणा राखेकी थिइन् ।
बैठकमा भातृ संस्थाको महाधिवेशन, पछिल्लो समयमा बढेको महँगी, कालोबजारीलगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्