१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


कारवाहीमा परेको चिनियाँ कम्पनीलाई बुढीगण्डकी आयोजना सुम्पने तयारी


0
Shares

काठमाडौं, साउन ५ । प्रधानमन्त्री केपी ओलीले नक्कली भ्याट बिल बनाई राजस्व ठगेर कारबाहीमा परेको चिनियाँ कम्पनी ‘चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड’ (सीजीजीसी) लाई जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजना बिनाप्रतिश्पर्धा दिन मन्त्रिपरिषदमार्फत प्रक्रिया सुरु गरेका छन् ।

अर्थ मन्त्रालयलाई समेत सहमत गराई मन्त्रिपरिषदबाट पारित गर्नेगरी सीजीजीसीले हालेको प्रस्तावउपर प्रधानमन्त्रीको निर्देशनमा उर्जा मन्त्रालयले कारबाही सुरु गरेको छ ।

सत्ताको प्रमुख साझेदार माओवादी केन्द्रले सरकारबाट हट्ने निर्णय गरेकै दिन गत असार २८ गते सीजीजीसीले उर्जा मन्त्रालयमा प्रस्ताव हालेको थियो ।

सीजीजीसीले उसको एजेन्टमार्फत प्रधानमन्त्रीलाई ‘विश्वस्त’ पारेपछि प्रक्रिया सुरु गरिएको उर्जास्रोतले बतायो ।

निमित्त उर्जा सचिव दिनेशकुमार घिमिरेले सीजीजीसीले बुढीगण्डकी जलविद्युत आयोजनाका लागि इपीसी–एफ मोडल (इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्ट्रयाक्ट विथ फाइनान्स) को प्रस्ताव गरेको पुष्टि गरे । –अन्नपूर्ण पोस्ट दैनिकबाट