Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


कांग्रेस महामन्त्री डा.कोइरालालाई आज ‘डिस्चार्ज’ गरिने


0
Shares

काठमाडौं, साउन ५ । अकस्मात विरामी परी अस्पतालमा उपचाररत नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइराला पूर्ण स्वस्थ भएर आज घर फर्कदै छन् ।

उनी दुई सातादेखि काठमाडौंको चाबेलस्थित ओम अस्पतालमा उपचाररत थिए । कोइरालामा देखिएको निमोनिया समेत निको भएको जानकारी दिँदै उपचारमा संलग्न डा. लव जोशीले बुधबार विहान डिस्चार्ज गरिने जानकारी दिए ।

कोइरालाको रगत र फोक्सोको एक्स–रे परिक्षण प्रतिवेदन सामान्य देखिएको छ । तर, घर गए पनि करीब दुई सातासम्म भने आराम नै गर्नुपर्ने चिकित्सकहरुले सुझाएका छन् ।

दुई साताअघि राति पेटमा गडबडी देखिएको र खोकी लागेको भनेर ओम अस्पताल पुगेका कोइरालालाई राति बान्ता भएको उक्त बान्ता सर्केर श्वास नली हुँदै फोक्सोमा समेत पुग्दा अवस्था चिन्ताजनक बनेको थियो ।