Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


सभामुखले भनिन्–‘कार्यसूचीअनुसार अघि बढ्न बाध्य हुन्छु’


0
Shares

                                                                     फाइल फोटो
काठमाडौं, साउन ४ । सभामुख ओनसरी घर्तीले बुधबार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेकी छन् ।

देउवासँगको भेटमा सभामुख घर्तीले तत्काल सहमतिको वातावरण बनाउनका लागि भूमिका खेल्न आग्रह गरेकी थिइन् ।

त्यसक्रममा उनले दलहरुबीच सहमति नभए आफू व्यवस्थापिका–संसदको कार्यसूचीअनुसार अगाडि बढ्न बाध्य हुने जानकारी गराएकी थिइन् ।

सभापति देउवाले भने दलहरुबीच सहमतिको लागि आफू प्रयासरत् रहेको भन्दै अन्तिम समयसम्म पहल गर्ने वचन दिएका बताइएको छ ।

यसअघि, बुधबारै बिहान सभामुख घर्तीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटी सहमतिको वातावरण बनाउन आग्रह गरेकी जनाइएको छ ।

संसदमा दर्ता गरिएको अविश्वासको प्रस्तावमाथि विहीबारबाट छलफल गराउन संसद सचिवालयले समय तोकेको छ ।

तर, नियमित कार्यसूचीमा रहेका आर्थिक विधेयकमाथिको छलफल नै रोकेर अविश्वासको प्रस्तावमा छलफल गराउन खोजेको भन्दै प्रधानमन्त्री ओली र सरकारको नेतृत्व गरिरहेको पार्टी एमालेले आपत्ति जनाएपछि सभामुखले बीचको बाटो खोज्न लागेकी हुन् ।

यसअघि, मंगलबार प्रधानमन्त्री ओलीले सभामुख घर्तीलाई बोलाएर छलफल गरेका थिए ।