
फाइल फोटो
काठमाडौं, साउन ५ । काठमाडौंदेखि पोखरासम्म दिनहुँ चल्ने सवारी–साधनभित्र शौचालयको व्यवस्था गरिएपछि यात्रुलाई यात्रा गर्न सहज भएको छ ।
‘डेभिट टुर्स एन्ड ट्राभल्स’ले दुईओटा बसभित्र शौचालयको व्यवस्था गरेको हो ।
उक्त बसका सन्चालक दीपक भट्टराई बसभित्रै शौचालय भएको बस भित्र्याएपछि यात्रा गर्नेको संख्या बढेको बताउँछन् ।
‘शौचालयको व्यवस्था गरेका कारण यात्रुले धेरै रुचाएका छन्’–उनले भने ।
नेपालमा धेरै पर्यटकीयस्थल रहेको र पर्यटकलाई यात्रामा सहज होस् भन्ने उद्देश्यकासाथ यस्ता बस सन्चालनमा ल्याएको बताऐ ।
उक्त बस सन्चालनबाट केटाकेटी र बृद्धबृद्धालाई बढी सहज भएको छ ।
पोखराका भीमबहादुर गुरुङ उक्त बस सन्चालनमा आएपछि आफू निरन्तर सो बसमा यात्रा गर्दै आएको बताउँछन् ।
‘अरु बसले दिसापिसाव लागेकोबेला भनेकोबेला रोक्दैनन्, यस बसमा यात्रा गर्दा मन ढुक्क हुन्छ’–उनले भने ।
सो बसमा काठमाडौंदेखि पोखरासम्मको भाडा रु ७०० रहेको छ । रासस
प्रतिक्रिया दिनुहोस्