२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


अविश्वास प्रस्तावको पक्षमा मतदान गर्न माओवादीको ह्विप


0
Shares

काठमाडौं, साउन ५ । नेकपा माओवादी केन्द्रले व्यवस्थापिका–संसदमा सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावका पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ‘ह्विप’ जारी गरेको छ ।

बुधबार बसेको सो पार्टीको संसदीय दलको बैठकले बिहीबारको संसद बैठकमा अनिवार्य उपस्थित हुन सांसदलाई निर्देशन दिएको छ ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बुधबारको बैठक सरकारविरुद्ध संसदमा प्रस्तुत् भएको अविश्वासको प्रस्तावमाथि केन्द्रित भएको बताए ।

बैठकले संसदमा रहेका सबै दल र स्वतन्त्र सांसदलाई समेत प्रस्तावको पक्षमा मतदान गर्न आग्रह गरेको छ ।

राष्ट्रिय सहमतिको सरकार अहिलेको आवश्यकता भएको ठहर गर्दै त्यस्तो सरकार गठन गर्न निरन्तर पहल गर्ने र अन्य दलसँगको छलफललाई तीव्रता दिने बैठकले निर्णय गरेको छ । रासस