Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


राष्ट्रिय फोटो पत्रकारिता दिवसका अवसरमा पोखरामा प्रदेशस्तरीय फोटो प्रदर्शनी


0
Shares

पोखरा, वैशाख १३ । ‘आजको अनिवार्यता सशक्त व्यावसायिक फोटो पत्रकारिता’ भन्ने नाराका साथ पोखरामा आज राष्ट्रिय फोटो पत्रकारिता दिवसका अवसरमा गण्डकी प्रदेशस्तरीय फोटो प्रदर्शनी गरिएको छ  ।

नेपाल फोटो पत्रकार महासंघ गण्डकी प्रदेश र कास्की शाखाको आयोजना र पर्यटन बोर्डको सहयोगमा गण्डकी प्रदेशका पर्यटकीय गन्तव्यका ५० वटा फोटो लेकसाइडको लेकसाइडको बाराहीचोक चोकस्थित खुल्ला ठाउँमा प्रदर्शनी गरिएको हो ।

प्रदर्शनीमा ११ जिल्लाका फोटो राखिएको हो । माछापुच्छ्रे, अन्नपूर्ण, मुस्ताङ, मनाङ, पोखरा, लमजुङ लगायतका पर्यटकीय ठाउँका फोटो प्रदर्शनीमा राखिएको छ ।

गोरखापत्रमा पहिलो पटक फोटो छापिएको दिनलाई नै नेपालमा राष्ट्रिय फोटो पत्रकारिता दिवसका रुपमा मनाउने गरिएको छ । प्रदर्शनीमा पोखराका फोटो पत्रकारहरु कृष्णमणी बराल, राम गुरुङ, अशेष शाक्य, सागर राज तिमिल्सिना, प्रदिप पौडेल, इन्द्र पौडेल, दिपक परियार, उमेश पुन, नारायण आचार्य, दुर्गा पौडेल, सन्जय श्रेष्ठ, सुरज श्रेष्ठ, ओम लामा लगायतले खिचेका फोटो राखिएको छ ।

पर्यटकीय ठाउँका फोटो विदेशी पर्यटकदेखि स्वदेशी पर्यटकले अवलोकन गरेका छन् । खुल्ला सडकमा राखिएका कारण ८ हजारभन्दा बढीले फोटो अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।