२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


संसद बैठक शुक्रबार दिउँसो २ बजेसम्मका लागि स्थगित


0
Shares

काठमाडौं, साउन ६ । दलहरुबीच सहमति जुट्न नसकेपछि व्यवस्थापिका–संसदको विहीबार (आज) डाकिएको बैठक बस्दै नबसी शुक्रबार (भोलि) दिउँसो बजेसम्मका लागि स्थगित गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा छलफल गर्ने कार्यसूचीसहित विहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक अपराह्न बस्दै नबसी स्थगित गरिएको हो ।

सत्तारुढ दलहरु र विपक्षीहरुबीच सहमति जुटाउने प्रयास जारी रहेको भएपनि सबै पक्ष आ–आफ्नै अडानमा रहेका छन् ।

विपक्षी दलहरु अविश्वास प्रस्तावलाई टुंगोमा पुर्‍याउनुपर्ने पक्षमा छन् भने सत्तारुढ दलहरु पहिले बजेटसम्बन्धी आश्रित विधेयकहरु पारित गर्नुपर्ने अडानमा रहेका छन् ।

 *सच्याइएको । २ बजे हुनुपर्ने ठाउँमा यसअघि अन्यथा पर्न गएकाले सच्याइएको छ–सम्पादक ।