
नवलपरासी, साउन ६ । पत्रिकामा निकालेको सूचना लुकाएर निकासीको ठेक्का दिइएको भन्दै नवलपरासीका निर्माण व्यवसायी र राजनीतिक दलले ठेक्का बदर गर्न माग गरेका छन् ।
कर्मचारीहरुको मिलमतोमा ठेक्का दिइएको भन्दै उनीहरुले त्यसलाई बदर गर्न जिल्ला विकास समितिसँग माग गरेका हुन् ।
गत वर्ष चार करोड २५ लाख रुपैयाँमा दिइएको ठेक्का अहिले एक करोड ३१ लाख रुपैयाँमामात्र दिइएको उनीहरुको आरोप छ ।
व्यवसायीहरुले विहीबार स्थानीय विकास अधिकारीको कार्यकक्ष र राजश्व शाखाको कार्यालयमा ताला लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस्