
काठमाडौं, साउन ६ । साताको अन्तिम दिन विहिबार शेयरबजार परिसूचक नेप्सेमा पुनः बृद्धि आयो ।
यसदिन नेप्से १२ अंकले बढेर १७ सय ९८ बिन्दूमा पुग्यो । बुधबार नेप्से १३ अंकले घटेको थियो ।
विहीबार जलविद्युत्बाहेक अरु कारोबार भएका सबै समूहमा बृद्धि आयो । बीमा समूह सबैभन्दा उच्च १ सय २५ अंकले बढ्यो ।
यस्तै, उत्पादनमूलक समूह ६९ अंकले, विकास बैंक समूह करिब २२ अंकले र होटल समूह पनि करिब १२ अंकले उक्लियो ।
यसदिन वाणिज्य बैंक र अन्य समूहमा करिब ६/६ अंकको सुधार आयो । जलविद्युत् समूह भने करिब १० अंकले घट्यो ।
यसदिन १ सय ४१ कम्पनीको ३१ लाख ५४ हजार कित्ता शेयर १ अर्ब ४८ करोड रुपैयाँ बराबरमा किनबेच भएको नेपाल स्टक एक्सेचन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्