२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


पुष्पलालको ३८ औं स्मृति दिवस मनाइदैं


0
Shares

काठमाडौं, साउन ७ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ३८ औं स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाईंदै छ ।

स्वर्गीय पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । नेपाली क्रान्तिका सिद्धान्तकारका रुपमा परिचित पुष्पलालले आफ्नो जीवनभर जनताको स्वतन्त्रताका लागि लडाई लडे ।

१९८१ साल असार १५ गते रामेछापको भँगेरीमा जन्मिएका पुष्पलाल आफ्नो जीवनभर संगठन विस्तारमा लागे । राणा विरोधी आन्दोलनका अगुवा सहिद गंगालाल श्रेष्ठका माइला भाइ स्वर्गीय पुष्पलालले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी कम्युनिस्ट सिद्धान्तलाई नेपाली मार्क्सवादी विश्लेषकको पहिचान दिएका थिए ।

निरंकुशताको अन्त्यका लागि संयुक्त जनआन्दोलनको कार्यदिशा २०२५ सालमा अगाडि सार्ने उनी पहिलो नेता थिए ।

पुष्पलालको २०३५ साल साउन ७ गते आजैका दिन निधन भएको थियो ।