
काठमाडौं, साउन ७ । बजेटसम्बन्धी आश्रित विधेयक या प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव कुन पहिले अघि बढाउने भन्ने विषयमा विवाद भएपछि ‘प्याकेज’मै सहमति खोज्न भन्दै शीर्ष नेताहरु शुक्रबार (आज) पनि छलफलमा जुटेका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरु आन्तरिक तथा द्विपक्षीय छलफलपछि अहिले संयुक्त बैठकमा जुटेका छन् ।
नेताहरुले विवादित विषयलाई प्याकेजमै सहमति जुटाउने भन्दै छलफललाई तीव्रता दिएका हुन् ।
तर, दलहरुबीच सहमति जुट्न नसकेपछि शुक्रबार दिउँसो २ बजेका लागि बोलाइएको संसद बैठक अझै सुरु हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्