२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


नेवि संघ समस्या समाधान कार्यदलले दियो अनशन बस्ने चेतावनी


0
Shares

काठमाडौं, साउन ७ । नेपाल विद्यार्थी संघका नेताहरुले संगठनभित्रको विवाद मिलाएरमात्रै ११औं महाधिवेशन गर्न माग गरेका छन् ।

नेवि संघ समस्या समाधान कार्यदलले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी ११औं महाधिवेशनका लागि जिल्ला र क्याम्पसका प्रतिनिधि तथा नेतृत्वसम्बन्धी विवाद तत्काल समाधान गर्ने विधि अवलम्बन नगरिए शनिबारदेखि अनशन सुरु गर्ने चेतावनी दिएको हो ।

कार्यदलले ११ जिल्ला र उपत्यकाका महत्वपूर्ण धेरै क्याम्पसहरुमा अधिवेशनको प्रक्रिया नै सुरु नभएको र विवादित रहेको निष्कर्ष पनि निकालेको छ ।

कार्यदलकाअनुसार प्रतिनिधि टुंगो लगाइएको भनिएका ६४ जिल्लामध्ये ११ ओटामा भागबन्डाका आधारमा प्रतिनिधि चयन गरिएको तथा जिल्ला, स्ववियु, क्याम्पस इकाइ र स्ववियु नहुने क्याम्पसहरुबाट ४० प्रतिशत फर्जी प्रतिनिधि तय गरिएको छ ।