Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


वस्तु विनिमय बजार सन्चालनको पूर्वस्वीकृतिका लागि प्राप्त आवेदनहरु रद्ध


0
Shares

काठमाडौं, वैशाख १२ । नेपाल धितोपत्र बोर्डले वस्तु विनिमय बजार सन्चालनको पूर्वस्वीकृतिका लागि प्राप्त आवेदनहरु रद्ध गरेको छ ।

बोर्डले वस्तु विनिमय बजार सन्चालन गर्न बोर्डमा पाँचओटा प्रस्तावित कम्पनीहरुले पूर्वस्वीकृतिका लागि निवेदन पेस गरेकामा आवश्यक कागजात तथा विवरणहरु पूरा नभएको भन्दै पाँचैओटा आवेदन रद्ध गर्दै नयाँ आवेदन माग गरेको जनाएको हो ।

मुलुकको अर्थतन्त्रको आकार, औद्योगिक व्यवसायको विकास, वस्तु कारोबारको सम्भाव्यता तथा लगानीकर्ताको हित संरक्षणलाईसमेत दृष्टिगत गरी हाललाई बोर्डबाट दुईओटामात्र वस्तु विनिमय बजार सन्चालन गर्न स्वीकृति प्रदान गर्ने भएको छ ।

यसअनुसार रित पूरा गरी आवेदन दिन चाहने आवेदकका लागि बोर्डले आह्वानसमेत गरिसकेको छ ।

कम्पनीको पुँजी र रणनीतिक साझेदार, प्रस्तावित प्रविधि, व्यावसायिक योजना, संस्थागत स्वामित्व संलग्नता र व्यवस्थापनको योग्यताको आधारमा उत्कृष्ट दुईओटा आवेदकलाई छनोट गरिने बोर्डले जनाएको छ ।

यसका लागि रद्ध गरिएका आवेदकलेसमेत रित पुर्‍याएर आवश्यक कागजातसहित पूर्वस्वीकृतिका लागि पुनः आवेदन गर्नसक्ने जनाइएको छ ।

Skip This