
फाइल फोटो
काठमाडौं, साउन ७ । प्रमुख तीन दलबीच व्यवस्थापिका–संसद बैठक अघि बढाउने सहमति भएको छ ।
विपक्षी नेपाली कांग्रेस, सत्तारुढ नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुबीच शुक्रबार दिउँसो संसद भवन नयाँबानेश्वरमा भएको छलफलमा पहिले बजेटसम्बन्धी आश्रित विधेयकहरु बैठकमा प्रस्तुत् गर्नेगरी सहमति जुटेको हो ।
तर, माओवादी केन्द्रले बजेटसम्बन्धी विधेयकहरु भने असफल बनाउने बुझिएको छ ।
त्यसपछिमात्रै अविश्वासको प्रस्तावमाथिको छलफल सुरु हुने जनाइएको छ ।
संसद बैठक अहिले दिउँसो साढे ४ बजे बस्दैछ ।
प्रतिक्रिया दिनुहोस्