२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


संसद बैठक जारी (लाइभ भिडियो)


0
Shares

                                                      फाइल फोटो
काठमाडौं, साउन ७ । प्रमुख तीन दलबीच सहमति भएपछि व्यवस्थापिका–संसद बैठक केही बेरअघि सुरु भएको छ ।

बैठकको सुरुमा बजेटसँग सम्बन्धित विधेयकहरु प्रस्तुत् गरिँदै छ । ती विधेयकहरुलाई माओवादीले नै असफल बनाउने भएको छ ।

यसअघि, नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुबीच संसद भवन नयाँबानेश्वरमा भएको छलफलमा पहिले बजेटसम्बन्धी आश्रित विधेयकहरु बैठकमा प्रस्तुत गर्नेगरी सहमति जुटेको थियो ।

आश्रित विधेयकहरु असफल बनाएपछि अविश्वासको प्रस्तावमाथिको छलफल सुरु हुने जनाइएको छ ।

लाइभ भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्