
काठमाडौं, साउन ८ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका नेताहरुले तरुण दलको निर्वाचन तत्काल गर्न माग गरेका छन् ।
नेपाल तरुण दल बुढानिलकण्ठले आज राजधानीमा गरेको चियापान कार्यक्रममा उनीहरुले तरुण दलको निर्वाचन हुन नसक्दा धेरै युवा उपयुक्त जिम्मेवारी पाउनबाट बन्चित रहेको गुनासो गरे ।
भातृ संगठनको निर्वाचन हुन नसक्दा नेपाली कांग्रेसको अस्तित्वनै संकटमा पर्न थालेको भन्दै उनीहरुले तत्काल निर्वाचन घोषणा गर्न माग गरे ।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर चारका सभापति राजु श्रेष्ठ, तरुण दलकी उपाध्यक्ष राधा घलेलगायतले भ्रातृ संगठनको निर्वाचन नहुँदा पार्टी युवाविहीन भएको भन्दै नेतृत्वलाई गम्भीर हुन आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्