काठमाडौं, साउन ९ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले ओली नेतृत्वको सरकार आफ्नै कारणले ढल्छ भन्ने आफ्नो विगतको घोषणाले मूर्तरुप लिएको बताएका छन् ।
सरकारविरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिदैं उनले सरकारी संयन्त्रमा चरम राजनीतिकरण गरिएको आरोप लगाए । उनले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण लगायत निकायमा राजनीतिक हस्तक्षेप गरिएको र मन्त्रालय फुटाएर चरम विकृति भित्र्याइएको भन्दै केपी ओली नेतृत्वको सरकारको आलोचना गरे ।
उनले ओली सरकार हावादारी गफमै केन्द्रीत रहेको आरोप लगाउँदै संविधान कार्यान्वयनमा चासो नदेखाएको बताए । ओली सरकारले नाकाबन्दी खुलाएकोबारे श्रेय लिन खोजिरहेकोतर्फ केन्द्रीत गर्दै उनले भने, ‘नाकाबन्दी सरकारले खुलाएको होइन, जनताको बलमा खुलेको हो, सरकारले त्यसलाई आफ्नो उपलब्धिमा राख्नु गलत हो ।’










प्रतिक्रिया दिनुहोस्