
काठमाडौं, साउन १० । जर्मनीको नूरेमबर्गको नजिक आसबाख शहरको एक बारमा गराइएको विष्फोटमा एक व्यक्ति मारिएका छन् । विष्फोटमा परी अरु १२ जना घाइते भएका छन् ।
मारिने विष्फोट गराउने व्यक्ति नै रहेको प्रहरीको आशंका छ । विष्फोटको कारण पत्ता लागेको छैन ।
घटनास्थलनजिकै भइरहेको सांगीतिक कार्यक्रम स्थलबाट दुई हजार व्यक्तिलाई भने सुरक्षित बाहिर निकालिएको छ ।
विष्फोट सुनियोजित देखिएको गृह मन्त्रालयको भनाइ छ । घटनास्थल प्रहरीले सिलबन्दी गरेपनि कारण पत्ता लगाउन सकेको छैन । गत हप्ता यस्तै खाले हिंस्रक घटना भए लगत्तै फेरि यो विष्फोट गरिएको हो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्