
कञ्चनपुर, साउन १० । नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेकपा माओवादीले सरकारले देशका विभिन्न स्थानमा सुकुम्वासीमाथि दमन गरेको भन्दै आज नेपाल बन्दको आह्वान गरेको छ ।
बन्दको प्रभाव आंशिक रुपमा परेको छ । राज्यले सुकुम्वासीको व्यवस्थापन गर्नुको साटो सुकुम्वासीको बिचल्ली बनाएको भन्दै उनीहरुले बन्द गरेका हुन् ।
बन्दको प्रभाव देशैभर आंशिक रुपमा परेको छ । लामो तथा छोटो दुरीका सार्वजनिक यातायात चल्न नसक्दा यात्रु अलपत्र परेका छन । बन्दले विद्यालय समेत प्रभावित बनेको छ । काठमाडौंको गोंगबुमा विहानै एउटा ट्याक्सी जलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्