३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


उपराष्ट्रपतिलाई राष्ट्रपतिको कार्यभार


13
Shares

काठमाडौं, वैशाख ११ । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य उपराष्ट्रपति नन्दबहादुर पुनबाट सम्पादन गरिनेगरी तोकेकी छन् ।

राष्ट्रपति भण्डारी चिनियाँ समकक्षी सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा बुधबार राजकीय भ्रमणको सिलसिलामा चीनको सियान हुँदै बेइजिङतर्फ प्रस्थान गरेकी छन् ।

राष्ट्रपतिको अनुपस्थितिमा उनीबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम उपराष्ट्रपतिबाट सम्पादन गरिनेगरी तोकिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा बुधबार जारी विज्ञप्तिमा जनाइएको छ । रासस