
काठमाडौं, वैशाख ११ । रत्नराज्य माध्यमिक विद्यालय बानेश्वरका असन्तुष्ट शिक्षकहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरुले विद्यालयमा ‘कानुनविपरीत’ नियुक्त गरिएका प्रधानाध्यापक जीवनप्रकाश रेग्मीलाई नहटाए आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
उनीहरुले नियममा प्रथम श्रेणीका कृपाश्वर खड्कालाई प्रधानाध्यापक नबनाइ चौथो श्रेणीका रेग्मीलाई ल्याएको भन्दै असन्तुष्टि जनाएका छन् ।
उनीहरुले नियम, कानुनको पालना नगरी रेग्मीलाई जिम्मेवारी दिए पठन–पाठन ठप्प पार्ने चेतावनीसमेत दिएका छन् ।
खड्काले कानुनीरुपमा आफू प्रधानाध्यापक हुनुपर्ने दाबी पत्रकार सम्मेलनमा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्