२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


बेनी–मालढुंगा सडक बुधबार रातिदेखि अबरुद्ध


0
Shares

पर्वत, साउन १३ । लगातारको बर्षाका कारण आएको पहिरोले पर्वतको मालढुंगादेखि म्याग्दीको बेनी जोड्ने बेनी–मालढुंगा सडक बुधबार रातिदेखि अबरुद्ध बनेको छ ।

पर्वतको नाङलिवाङ गाविस–९ स्थित फनफनेमा आएको पहिरोले मुस्ताङ र म्याग्दी जोड्ने एकमात्र सडक अबरुद्ध बनेको हो ।

सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङबाट छुटेका लामो तथा छोटो दुरीका सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन् ।

सडक सञ्चालनका लागी डोजर र सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख महेन्द्र रानाभाटले बताए ।