१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


स्थायी न्यायाधीशमा प्रस्तावित थप पाँचजनाको संसदीय सुनुवाइ जारी


0
Shares

काठमाडौं, साउन १३ । सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा सिफारिस भएका थप पाँचजनाको संसदीय सुनुवाइ विहीबार भइरहेको छ ।

सिंहदरबारस्थित समितिको कार्यालयमा न्यायपरिषद्ले सिफारिस गरेका ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमानसिंह राउत र सपना मल्ल प्रधानको संसदीय सुनुवाइ भइरहेको हो ।

सुनुवाइ समितिका सदस्यहरुले अदालतको सुधारसम्बन्धी जिज्ञासा राखिरहेका छन् ।

यसअघि, बुधबार ६ जना प्रस्तावित न्यायाधीशको सुनुवाइ भएको थियो । बुधबार प्रस्तावित न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको सुनुवाइ भएको थियो ।

परिषद्ले सिफारिस गरेका ११ जनै न्यायाधीशको सुनुवाइ सकिएपछि समितिले अनुमोदन गर्ने भएको छ ।