३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


काठमाडौंकै रेष्टुरेन्टमा पाइनेभयो च्याङ्ग्राको सुकुटी र मुस्ताङको आलु


0
Shares

काठमाडौं । काठमाडौं उपत्यकाका ब्यस्त बजारहरुमा पश्चिमा र एसियाली मुलुकका परिकारहरु पाइने रेष्टुरेन्टहरुको संख्या उलेख्य छ ।

तर नेपाली परम्परागत खानाको पारखीहरूलाई लक्षित गर्दै उपत्यकामै नयाँ रेष्टुरेन्ट सञ्चालनमा आएको छ ।

काठमाडौंका सिनामंगलमा रहेको लेकाली किचन एण्ड कटिया हाउस नामक रेष्टुरेन्ट सञ्चालनमा आएको हो ।

यो रेष्टुरेन्टमा विशेष गरि, नेपाली खाना, लोकल खसी र कुखुराको मासु, च्याङ्ग्राको सुकुटी, कालिजको मासुको परिकार, दाङ र बर्दियाका कुखुराको मासुका परिकार, कोदो, मकै र फापरको ढिँडो, मार्सी चामलको भात, मुस्ताङको आलुका परिकारलगायत नेपाली खानाहरूको परम्परागत स्वादलिन सकिने रेष्टुरेन्टका सञ्चालक मधुसुदन ढकालले जानकारी दिए ।

उक्त रेष्टुरेन्टमा खानाका साथै नेपाली परम्परा झल्काउने स्पेशल इफेक्टसहितका आर्टहरु राखिएका छन् ।

पछिल्लो समय काठमाडौंलगायत प्रमुख शहरमा करोडौं लगानीमा रेष्टुरेन्ट खुले पनि नेपाली खानाको परम्परागत स्वाद लिन सकिने रेष्टुरेन्ट नगन्य मात्रा रहेका कारण आफूले यस्तो खालको रेष्टुरेन्ट सञ्चालन गरको ढकालको भनाइ छ ।