Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


एफएम रेडियोलाई १८ वर्षका लागिमात्र फ्रिक्वेन्सी


0
Shares

काठमाडौं, साउन १४ । सरकारले फ्रिक्वेन्सी मोडुलेसन (एफएम) रेडियोका लागि बढीमा १८ वर्षसम्मका लागि मात्र फ्रिक्वेन्सी दिने नीतिगत व्यवस्था गरेको छ ।

गत शुक्रबार मन्त्रिपरिषदबाट पारित ‘राष्ट्रिय आमसंचार नीति २०७३’ ले एफएम रेडियोका लागि वितरित फ्रिक्वेन्सीको समय सीमा तोकेको हो ।

यसका लागि आवश्यक कानुन बनाइने नीतिमा उल्लेख छ । सरकारले पहिलो पटक एफएमका लागि वितरण गर्ने फ्रिक्वेन्सी सीमित अवधिका लागि मात्र हुने व्यवस्था गरेको हो ।

‘एफएम रेडियोलाई प्रदान गरिएका फ्रिक्वेन्सीको अवधि १८ वर्षसम्म हुने गरी कानुनी व्यवस्था गरिनेछ,’ नीतिमा भनिएको छ, ‘यो प्रावधान लागू हुनुभन्दा अगाडी प्रदान गरिएका फ्रिक्वेन्सीहरुमा नेपाल सरकारले सार्वजनिक सूचना प्रकाशित गरी फ्रिक्वेन्सी अवधि लागू भएको जानकारी दिएको मितिदेखि फ्रिक्वेन्सी अवधि गणना गरिने छ ।’

एफएम रेडियो र टेलिभिजन प्रसारणका लागि आवश्यक फ्रिक्वेन्सी खुला प्रतिस्पर्धा गराएरमात्र वितरण गर्ने व्यवस्था नीतिमा छ । –कान्तिपुुर दैनिकबाट