
विराटनगर, वैशाख ६ । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकको ब्याजदर तत्काल नघट्ने बताएका छन् ।
शुक्रबार विराटनगरमा आयोजित बजेट तथा नीति कार्यक्रमसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले निक्षेप बढेसँगै ब्याजदर आफैं घट्ने भन्दै उद्योगी–व्यवसायीलाई बढीभन्दा बढी निक्षेप जम्मा गर्र्न सुझाव दिए ।
बैंकको ब्याजदर वार्षिक भएको तर व्यवसायीले दैनिक नाफा लिनसक्ने भएकाले चिन्तित हुननपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा अर्थमन्त्री खतिवडालाई विराटनगरका तीन दर्जन बढी उद्योगीले आफ्ना सुझाव दिएका थिए ।
मजदुर नेताहरुले योगदानमा आधारित सामाजिक सुरक्षा योजनाअनुसार तलब नपाएको विषय उठाएका थिए ।
सहभागीहरुले आर्थिक समृद्धिलाई सुहाउँदो बजेट निर्माण गर्न र स्वदेशी उद्योगको प्रवद्र्धन गर्न अर्थमन्त्रीलाई सुझाव दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्