Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


सगरमाथाको चुचुरोबाट पर्यटन जागरणको उद्घोष गर्ने तयारी


0
Shares

काठमाडौं, वैशाख ६ । मुलुकको प्रत्येक गाउँठाउँमा पर्यटन जागरणको सन्देश फैलाउनु पर्ने उद्देश्य बोकेर कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पाले ‘मेरो गाउँ, मेरो ठाउँ’ अंकित झन्डालाई विश्वकै सर्वोच्च शिखर सगरमाथामा फहराउने भएका छन् ।

१३ औं पटक सगरमाथाको सफल आरोहण गरिसकेका शेर्पाको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा समेत दर्ज छ । 

राष्ट्रियसभाकी सांसद कोमल ओली, भ्रमण वर्ष २०२० का संयोजक सुरज बैद्य, पर्यटन बोर्डका सीईओ दिपकराज जोशी, अल्ट्रा धावक मीरा राई, पूर्व राष्ट्रिय फुटबलर एवं प्रशिक्षक राजुकाजी शाक्य, कलाकार तथा सामाजिक अभियन्ता निर्मल शर्मा, अभिनेत्री श्वेता खड्का, नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्ल, कीर्तिमानी आरोही पेम्बा दोर्जे शेर्पा लगायतले फुर्वालाई बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका भिडियो च्यालेन्ज ‘मेरो गाउँ, मेरो ठाउँ’  अंकित झन्डा हस्तान्तरण गरेका हुन् ।

Skip This