
प्रतीक्षा खनाल र लक्ष्मणमान डंगोल (इमेज)
काठमाडौं, वैशाख ५ । ऐतिहासिक, पुरातात्विक सम्पदाहरुलाई संरक्षण गर्न विश्वव्यापी चुनौती खडा भएको छ ।
कुनै सम्पदाको पुनःनिर्माण गर्नुपरे सरकार र स्थानीय सरोकारवाला समूहसँग समन्वय नहुँदा त्यसले झनै जटिलता पनि निम्त्याउँछ ।
हरेक वर्ष अप्रिल १८ का दिन विश्वभर मनाइने विश्व सम्पदा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
विश्व सम्पदाको संरक्षण तथा सम्वर्द्धनका लागि नयाँपुस्तालाई जागरुक बनाउन यो दिवस मनाउने गरिएको हो ।
सम्पदाको संरक्षण गर्नु भनेको संस्कृति र सभ्यताको जगेर्ना गर्नु पनि हो । यसमा सबै सरोकारवालाहरुको समन्वयको आवश्कता रहन्छ ।
तर, पछिल्लो समय सम्पदाको पुनःनिर्माण, संरक्षण र सम्वर्द्धनमा प्रशासनिक निकाय र स्थानीय बासिन्दाबीच राम्रो तालमेल हुन सकिरहेको छैन ।
स्थानीय अभियन्ताहरु सम्पदाको पुनःनिर्माण तथा संरक्षण स्थानीयबासीको अगुवाइमा हुनुपर्नेमा सरकारले विदेशीलाई जिम्मा लगाउनु उपयुक्त नभएको बताउँछन् ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य भने स्थानीयबासी सम्पदा संरक्षणमाभन्दा काममा अड्चन ल्याउन तत्पर रहेको भन्दै आपसी समन्वयका साथ कार्य गर्नका लागि साथ दिन आग्रह गर्छन् ।
प्रतिक्रिया दिनुहोस्