बासुदेव बर्मा/ईमेज
कपिलबस्तु । प्रदेश नम्बर ५ को स्थायी मुकाम कायम गर्नका लागी कपिलबस्तुबासीको सामुहिक अभियान सुरु गरेका छन् ।
गौरवता, सहज पहुंच र पुर्वाधार बिकासका हिसाबले कपिलबस्तु उपयुक्त रहेको अभियानकर्ताह्रुले ठहर गर्दै बिहीबार गोरुसिंगेमा सर्बपक्षीय अन्र्तसंवाद सम्पन्न गरिएको छ ।
ऐतिहासिक अनुकुलता र विवादरहित सहमति, समुन्नत प्रदेश निर्माणका लागि कपिलवस्तुमा राजधानी भन्ने मुल नाराका साथ गोरुसिगेंमा सम्पन्न कार्यक्रममा उपस्थित विभिन्न निकायका प्रमुख एवम् प्रतिनिधिले कपिलवस्तुलाई राजधानी बनाउनु पर्नेमा जोड दिएका हुन् ।
कपिलबस्तु स्थायी राजधानी अभियान कपिलबस्तुको आयोजनामा भएको कार्यक्रमका सहभागीहरुले यो अभियानमा प्रदेश र स्थानीय प्रतिनिधिले आफ्नो र राजनीतिक स्वार्थ भन्दा माथि उठेर सहयोग गर्नु पर्ने धारणा व्यक्त गरेका छन् ।
कार्यक्रममा पुर्वमन्त्री एवम् प्रतिनिधी सभा सदस्य बृजेश कुमार गुप्ताले गौरवशाली इतिहास बोकेको कपिलबस्तु बिश्वकै साझा पहिचान भएकाले ब्यक्तिवादी सोंच भन्दा बाहिर जानुपर्नेमा जोड दिए ।
भारतले नक्कली कपिलबस्तुको निर्माण गरि भ्रम छरेकोले अव कपिलबस्तुबासी मौन रहनु आफैका लागी घातक कुरा रहेको उल्लेख गरे ।
राष्ट्रका नाममा गरिएका राष्ट्रवादी कुराहरु अव नदेखाए जनताप्रतिको गद्दारी हुने टिप्पणी समेत उनले गरे ।
प्रदेश ५ सामाजिक बिकास शाखा सभापति एवं सांसद दिर्घनारायण पाण्डेयले प्रदेशको स्थायी राजधानीको मुख्य चांवी कपिलबस्तुसंग भएको प्रष्टाए ।
जनताको ह्वीप नै कपिलबस्तुलाई स्थायी राजधानी बनाउने भएकाले प्रदेशसांसदहरु एक्जुट भएर अघि बढे निश्चित रुपमा घोषणा गराइने उनले बताए ।
प्रदेश सभा सदस्यहरु धर्मवहादुर लाल श्रीवास्तव, अर्जुन केसी, रिना नेपाल, सहसराम यादव, पुर्व सिचाई राज्यमन्त्री सुरेन्द्रराज आचार्य लगायतले दाङ र बुटवलको विकल्पको रुपमा कपिलवस्तु नै प्रदेश राजधानी हुन सक्ने भन्दै यसका लागि राजनैतिक संवाद अघि बढाउने बताएका छन् ।
प्रदेश गठन भएको दुई बर्ष वितिसक्दा पनि प्रदेश ५ को स्थायी राजधानी अझै तोक्न सकिएको छैन् । स्थायी राजधानी तोक्नका लागि प्रदेश सरकारले एक विशेष समिति गठन गरेर काम गरीरहेको छ ।
उक्त समितिले प्रदेशका १२ ओटै जिल्लामा पुगेर सुझाव संकलन पनि गरिसकेको छ ।
समितिले सुझाव संकलन गरिसके पनि स्थायी राजधानीको बारेमा कुनै टुंगो नभए पछि कपिलवस्तुबासीले स्थायी राजधानीको वहश सुरु गरेका हुन् ।
स्थायी राजधानी सहमतीबाट टुंगो लाग्न नसके बुहमतको आधारमा टुंग्याउन सकिने संवैधानिक व्यवस्था छ ।
१२ जना प्रदेश सांसद रहेका कपिलवस्तुमा बुधबारको बहशमा चार जना सांसद मात्रै उपस्थित रहेका थिए ।
यसरी उपस्थित हुने प्रदेश सांसद दीर्घनारायण पाण्डे, अर्जुन केसी, धर्मबहादुरलाल श्रीवास्तव, सहसराम यादव, रिना नेपाल हुन् ।
प्रदेश सांसद विष्णु पन्थी कार्यक्रममा उपस्थित भएनन् ।
केही समय अघि रुपन्देहीमा प्रदेश राजधानी बनाउनु पर्छ भन्दै रुपन्देहीको कांग्रेस भेलामा मन्तव्य दिएका विरेन्द्र कनौडिया पनि उक्त भेलामा अनुपस्थित थिए ।










प्रतिक्रिया दिनुहोस्