Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को खारेजी माग गर्दै अर्घाखाचीमा पत्रकारद्वारा धर्ना


0
Shares

अर्घाखाची, वैशाख ५ । नेपाल पत्रकार महासंघ अर्घाखाँचीले विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को खारेजी एवं पत्रकार अर्जुन गिरिसहित पक्राउ गरिएका पत्रकारको विनाशर्त रिहाइको माग गर्दै धर्ना दिएको छ ।

सोही क्रममा महासंघको टोलीले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्रसमेत बुझाएको छ ।

‘विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटक पटक पक्राउ गर्ने क्रम बढेकाले उक्त दफाको खारेजीको माग राख्दै नेपाल पत्रकार महासंघले देशभर आन्दोलन गर्ने निर्णय गरेको छ,’ बिहीबार प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ, ‘सोही अनुरुप पत्रकारलाई विद्युतीय कारोबार ऐन उक्त दफा अन्तर्गत पटक पटक पक्राउ गरी निर्वाध प्रेस स्वतन्त्रता उपभोगमा अवरोध खडा गर्दै प्रेस स्वतन्त्रतालाई निष्तेज बनाउने काम बढेपछि नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यक्रमअनुसार अर्घाखाची शाखा पनि आन्दोलनका कार्यक्रममा ऐक्यवद्धता जनाउँछ ।’