३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


बकैया गाउँपालिकाका स्थानीय लालपूर्जावीहिन


0
Shares

सञ्जय कार्की/ईमेज

रौतहट । रौतहटसँग जोडिएको मकवानपुरको बकैया गाउँपालिका १ का स्थानीय लालपुर्जाविहीन बनेका छन् ।

सीमाविवाद र उक्त क्षेत्र चुरे क्षेत्रमा परेका कारण यहाँका स्थानीय लालपुर्जाविहीन बनेका हुन् ।

मकवानपुर जिल्लाको बकैया गाउपालिकाको वडानम्बर १ कायम गरिएको चुरेक्षेत्रको मोरङ्गे, चण्डोबजार, ठुलो बाफल, ख्याकु लुमाखोप, बरबोट, सानो धियाल, ठुलो धियालगायतका विभिन्न स्थानमा ९ हजारको हाराहारीमा जनसंख्या रहेको छ ।

पहिले रौतहटअन्तर्गत रहे पनि राज्यपुनर्संरचना गर्दा मकवानपुर जिल्लाले उक्त स्थानलाई बकैया गाउँपालिकाअन्तर्गत राखेपछि यो क्षेत्र विवादित बनेको हो ।

स्थानीयले भने आफूहरु मकवानपुरवासी भएको दाबी गर्दै आएका छन् । राष्ट्रपति चुरे संरक्षण कार्यक्रम लागू भएपछि उक्त क्षेत्रमा रहेको बस्ती हटाउने वा नहटाउने विषयमा अन्योल रहेका बेला चुरे क्षेत्रको अतिक्रमणको क्रम भने  चलिरहेकै छ ।

१६ वर्र्षअघिसम्म वनजंगल भइरहेको यस क्षेत्रमा ९ वर्षदेखि मात्र मानव बस्तीको बसोबास बढ्न थालेको डिभिजन बन कार्यालय मकवानपुरका प्रमुख वीरेन्द्र सिंह बताउँछन् ।

सो क्षेत्रको नमोबुद्ध सामुदायिक वन उपभोक्ता समिति डिभिजन वन कार्यालय रौतहटमा दर्ता छ भने  नागरिकता प्रमाण पत्र र मतदातासूचीमा भने उनीहरु मकबानपुर जिल्लामा रहेको देखिन्छ ।

२०४४ सालमा तत्कालीन सरकारले बस्ती खाली गराउँदै अन्य ठाउँमा बसोबास गराए पनि उनीहरु पुनः चुरेक्षेत्रमै बसोबास गर्न थालेपछि बस्ती बाक्लिँदै गएको हो ।

सदिंयौंदेखि बसोबास गर्दै आएकाले सीमा विवाद हुनु दुख रहेको बकैया गाउँपालिका १ का वडासदस्य प्रेमबहादुर फुयालको भनाइ छ ।

मतदान र नागरिकता मकबानपुरको भएपछि यसमा विवाद गर्न नहुने त्यस्तै बकैया गाउँपालिका एकका वडाध्यक्ष बुद्धिमान वाइवा बताउँछन् ।