सर्लाही । सर्लाहीको दक्षिणी भेगका ग्रामीण सडक सामान्य वर्षा हुँदा हिलाम्य हुन थालेका छन् ।
वर्षौदेखि जीर्ण अवस्थामा रहेका भित्री सडकहरु दुई दिन परेको पानीका कारण हिँड्डुल गर्न नै समस्या भएको हो ।
जिल्लाको दक्षिणी भेगका चन्द्रनगर, हरिपूर्वा, पर्सा, ब्रह्मपुरी, कविलासी र सदरमुकाम मलङ्गवाका भित्री कच्ची सडकहरु वर्षाको पानीले बिग्रिएको छ ।
सडकको खाल्डाखुल्डीमा पानी जमेर ओहोरदोहोर गर्न समस्या भएको र दुर्घटनाको जोखिमसमेत बढेको स्थानीयवासीले गुनासो गरेका छन् ।
बिग्रिएको लामो समयसम्म सडक मर्मत नहुँदा वर्षायाममा हिलो र सुख्खा मौसममा धुलो हुने गरेको स्थानीयले बताएका छन् ।
स्थानीय तहहरुले भने जीर्ण सडकमा मर्मतको काम चलिरहेको दावी गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्