३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


महाभारतको अभिमन्यूलाईजस्तै मविरुद्ध पनि प्रपञ्च रचियो : केसी


0
Shares

काठमाडौं, साउन २५ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टी भित्रबाटै आफूलाई चक्रव्यूहमा पार्ने प्रयास भएको गुनासो गरेका छन् ।

पार्टीनिकट नेपाल महिला संघको ६९औं स्थापना दिवसको अवसरमा मंगलबार काठमाडौंमा गरिएको कार्यक्रममा उनले महाभारतको अभिमन्यूलाईजस्तै आफूविरुद्ध पनि विभिन्नखाले प्रपञ्च रचिएको दाबी गरे ।

त्यसक्रममा महिला संघका प्रतिनिधिहरुले नेपालको ग्रामीण क्षेत्रका महिलाहरुको अवस्थामा सुधार आउन नसकेकोतर्फ सरकारको ध्यानाकर्षण गराएका थिए ।