२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


पाँचथरमा ९ ओटा झोलुंगेपुल बने


0
Shares

पाँचथर, साउन २६ । पाँचथरमा आर्थिक वर्ष २०७२/०७३ मा ९ ओटा झोलुंगेपुलके निर्माण सम्पन्न भएका छन् ।

जिल्ला विकास समिति र गाउँ विकास समितिको सहयोगमा सिरिजंगा ग्रामीण विकास केन्द्र पाँचथरले ती पुल बनाएका हुन् ।

त्यस्तै, चारओटा झोलुंगेपुल भने निर्माणाधीन अवस्थामा रहेको सिरिजंगा ग्रामीण विकास केन्द्र पाँचथरले जनाएको छ ।

अरु तीनओटा झोलुंगेपुलको भने सम्झौता भइसकेको तर निर्माणको काम थालिन भने बाँकी रहेको जिविस पाँचथरका इन्जिनियर प्रेम काफ्लेले जानकारी दिए ।