३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


नविल बैंकको अर्को म्युचुअल फण्ड


0
Shares

काठमाडौं । नविल बैंकले तेश्रो म्युचुअल फण्ड ल्याएको छ ।

नवील इन्भेष्टमेन्ट बैंकिङ लिमीटेडको व्यवस्थापन र नवील बैंकको प्रवद्र्धन रहेको तेश्रो म्युचुअल फण्ड, नवील ब्यालेन्स फण्ड–२ ले बैशाख ५ गते विहीबारदेखि १० रुपैयाँ दरका १२ करोड इकाई सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको हो ।

लगानीका लागि इच्छुक लगानीकर्ताले छिटोमा बैशाख ९ गतेभित्र र ढिलोमा जेठ ३ गतेभित्र इकाई खरीदका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

यस योजनामा न्यूनतम १ हजार रुपैयाँ देखि अधिकतम १२ करोडसम्म लगानी गर्न सक्ने कम्पनीले जनाएको छ । १ अर्ब २० करोडको यो योजना १० बर्ष अबधिको रहेको छ ।