३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


कमल थापाले मेरो चरित्र हत्या गर्न खोजे : राणा


0
Shares

काठमाडौं, साउन २७ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो चरित्र हत्या गर्न खोजेको आरोप लगाएका छन् ।

विहीबार राजधानीमा पत्रकार सम्मेलन गरी उनले साउन २५ गते पार्टी एकता गर्ने तय भएको तर त्यसको अघिल्लो दिन थापाले आफूलाई गाली–गलौज गरेपछि एकता भाँडिएको जिकिर गरे ।

राणाले पार्टी एकता गरेपनि आफूहरु सत्तापक्षमा बस्ने र राप्रपा नेपाल विपक्षमा बस्ने सहमति भएको दाबी पनि गरे ।