२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


सेनाले ‘ब्लास्टिङ’ गरेर चार दिनदेखि अवरूद्ध पासाङल्हामु राजमार्ग खोल्यो


0
Shares

रसुवा, साउन २७ । पहिरोका कारण चार दिनदेखि अवरूद्ध भएको पासाङल्हामु राजमार्ग विहीबार साँझबाट सुचारु भएको छ ।

लगातारको वर्षाले रसुवाको सानोभार्खु र स्याफ्रुबेसीदेखि रसुवागढीसम्मको १६ किलोमिटर सडकमा पहिरो र ठुल्ठुलो ढुंगा खस्दा राजमार्ग अवरुद्ध भएको थियो ।

नेपाली सेनाले चार दिन लगाएर ‘ब्लास्टिङ’ गरेर ढुंगा फुटाइ बाटो खोलेको हो ।

बाटो खुलेसँगै चार दिनदेखि रोकिएका सवारी–साधन तथा चिनियाँ पर्यटकहरु गन्तव्यतर्फ लागेका छन् ।