
काठमाडौं, साउन २७ । साताको अन्तिम दिन विहीबार शेयरबजार परिसूचक नेप्सेमा गिरावट आयो ।
उतार–चढावबीच नेप्से करिब ५ अंकले घटेर १७ सय ७४ अंकमा आइपुग्यो । कारोबार सुरुआती समयमा बढेर १७ सय ८८ बिन्दू पार गरिसकेको नेप्से मध्याह्नपछि झरेको हो ।
यसदिन विकास बैंक र होटल समूहमाबाहेक अरु कारोबार भएका सबै समूहमा गिरावट आयो । बीमा समूह सबैभन्दा उच्च ६२ अंकले झर्यो ।
जलविद्युत् समूहमा १३ अंकको गिरावट आयो भने वाणिज्य बैंक समूह पनि साढे ४ अंकले ऋणात्मक रहन गयो । होटल समूह १३ अंकले र विकास बैंक समूह ३ अंकले उक्लिए ।
यसदिन १ सय ४७ कम्पनीको साढे ३५ लाख कित्ता शेयर १ अर्ब ३१ करोड रुपैयाँ बराबरमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्