
काठमाडौं, साउन २८ । ब्राजिलको रियो दि जेनेरियोमा जारी रियो ओलम्पिकमा सहभागी हुन नेपाली तेक्वान्दो टोली शुक्रबार साँझ ब्राजिलतर्फ गएको छ ।
ओलम्पिकमा तेक्वान्दोतर्फ निशा रावलले महिला ६७ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दैछिन् ।
भदौ ४ गते प्रतिस्पर्धा गर्दैै गरेकी निशाले आफूले अहिलेसम्मकै उत्कृष्ट खेल प्रदर्शन गर्ने जनाएकी छन् ।
उनलाई १२ वर्षअघि छनोट चरण पार गरेर एथेन्स ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी संगीना वैद्यले दिएको प्रशिक्षणलेसमेत हौसला बढाएको छ ।
संगीनाले पनि आफूले पूरा गर्न नसकेको खेललाई निशामार्फत् पूरा गराउन भरपूर प्रयास गर्ने बताइन् ।
सरस्वतीको प्रदर्शन शनिबार
यसैबीच, एथ्लेटिक्स खेलाडी सरस्वती भट्टराईले शनिबार बिहान आफ्नो प्रदर्शन गर्दैछिन् ।
१५०० मिटर दौडमा सहभागिता जनाउँदै गरेकी सरस्वतीको लक्ष्य राष्ट्रिय कीर्तिमान तोड्ने रहेको छ ।
त्यस्तै, एथ्लेटिक्सकै हरिप्रसाद रिमालले ५००० मिटर दौडमा भदौ १ गते बुधबार प्रतिस्पर्धा गर्नेछन् ।
जारी ओलम्पिकमा नेपालका शिरीष गुरुङले पौडीतर्फ राष्ट्रिय कीर्तिमान तोड्नुबाहेक अरु कुनैपनि खेलाडीले उत्साहजनक प्रदर्शन गर्न सकेका छैनन् ।
नेपालबाट पौडीबाज शिरीष र गौरिका सिंह, आर्चरीका जीतबहादुर मोक्तान र जुडोकी फुपूल्हामु खत्रीले प्रतिस्पर्धा गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्