
वासिंटन, साउन ३० । अमेरिकाको लुजियानामा भीषण बर्षापछि आएको बाढीमा तीन जनाको मृत्यु भएको छ भने थुप्रै हराइरहेका छन् ।
बाढीका कारण सयौं घर र सवारीसाधन डुबानमा परेका छन् । हराइरहेकाको खोजीका लागि सयौं उद्धारकर्मी र हेलिकप्टर परिचालन गरिएको छ ।
गत शुक्रबारदेखि परेको भारी बर्षा र बाढीमा फसेका एक हजार जनाको उद्धार गरिएको छ । उक्त राज्यमा संकटकाल नै घोषणा गरिएको छ ।
बाढी प्रभावितलाई सुरक्षित स्थानतर्फ सारिएको छ । लुजियानाको इतिहासमै यस बाढीलाई ठूलो मानिएको छ । बर्षाको प्रभाव अलाबामा र मिसिसिपीमा समेत परेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्