
काठमाडौं । ठूला करदाता कार्यालयले एनसेल कम्पनीले तिर्नु पर्ने पुँजीगत लाभकर ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रूपैयाँ निर्धारण गरेको छ ।
कार्यालयले मंगलबार कर निर्धारण गर्दै सात दिनभित्र उक्त कर तिर्नुपर्ने जनाएको छ ।
टेलियासोनेरा कम्पनीले मलेसियाको एक्जियटा कम्पनीलाई एनसेलको ८० प्रतिशत सेयर स्वामित्व बेच्दा भएको पुँजीगत लाभको कर एनसेल र एक्जियटालाई तिराउने फैसला सर्वोच्च अदालतले गत माघमा दिएको थियो । त्यसैका आधारमा कार्यालयले यो कर निर्धारण गरेको हो ।
प्रतिक्रिया दिनुहोस्